समाचार

अब सिरहामा गुड्ने सार्वजनिक सवारीमा सीसी क्यामेरा अनिवार्य



काठमाडौँ, ४ बैशाख । यात्रुको सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिरहामा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

३ वैशाखमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सिरहा, लहान, मिर्चैया लगायत जिल्लाका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न बैठकले‍ निर्देशन दिएको हो ।