काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।
आज महासंघले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै, बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ । त्यसैगरी, पेट्रोलियम पदार्थ (डिजेल) को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको छ ।










प्रतिक्रिया दिनुहोस्