समाचार

करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, १८ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको छ ।

२०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो ।