काठमाडौँ, १७ असार । कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको हो ।
बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्