समाचार

आफ्नै घरको सिँढीमा एक युवती मृत फेला



धनगढी, २० असार । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् ।

कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । मृत्युको कारण खुलेको छैन ।