अर्थ

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातोबीच भेटवार्ता



काठमाडौँ,  २२ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो ।

अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्यआफूहरूको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।