काठमाडौँ, २३ असार । नेपाल सरकारले एसियाली विकास(एडीबी) बैंकसँग झन्डै १६५ मिलियन डलर (करिब २५ अर्ब रुपैयाँ) ऋण लिने भएको छ ।
एडीबी अध्यक्ष मासातो कान्डाको भ्रमणकका क्रममा नेपाल र बैंकबीच उक्त सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार नेपाल र एडीबीबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) र लजिस्टिक सुधार कार्यक्रमका लागि ऋण सम्झौता भएको हो । अर्थ सचिव घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन् ।
प्रवक्ता लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रमका लागि ११५ मिलियन डलर र दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) र लजिस्टिक सुधार कार्यक्रमका लागि ५० मिलियन अमेरिकी डलरको ऋण सम्झौता भएको हो । भन्सार कार्यप्रक्रिया र लजिस्टिक्स सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेटरी सहायताको रुपमा परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्