महोत्तरी, २३ असार । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रूपैयाँ किसानले भुक्तानी पाएका छन् ।
जिल्लाका गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ । जम्मा उखुको मूल्यबापत हुने रु एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ मध्ये रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी भइसकेको कार्यालयले जानकारी दियो ।
जिल्ला भुक्तानी समितिले अहिले २० करोड सात लाख ५९ हजार ११७ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्