समाचार

अमेरिका विश्वकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा



काठमाडौँ, २३ असार । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानडा र मेक्सिको बाहिरिएका हुन् ।

क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेनल पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।