काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब, २२ गते २० अर्ब, असार १९ गते २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।
बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप संकलनबाट मौद्रिक व्यवस्थापनको साटो लामो अवधि अर्थात् एक वर्षको राष्ट्र बैंक ऋणपत्र धमाधम निष्काशन गरिरहेको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत गर्नुपर्ने छ । ऋणपत्रको निष्कासन पनि गरिने जनाएको छ । यसको सावाँ भुक्तानी २०८४ असार २४ गते तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्