समाचार

सेती नदीमा एक महिलाको शव फेला



काठमाडौँ, २५ असार । तनहुँकोशुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको हो ।

महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।