समाचार

फरार अभियुक्त पक्राउ



सप्तरी, २५ असार । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्ला अदालत, राजविराजबाट डाँका मुद्दामा ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी नारायण साह तेली भन्ने भूप नारायण साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

साविक टिकुलिया गाविस–२, हाल खडक नगरपालिका–५ निवासी साहलाई खोजतलासका क्रममा फेला पारी बिहीबार सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।