काठमाडौँ, २९ असार । बाराको सदरमुकाम कलैया स्थित पोखरीमा नुहाउने क्रममा एक जना ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे कलैया उपमहानगरपालिका–११ घोघरीयास्थित पोखरीमा स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा डुबेकी थिइन् ।
उनलाई तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा ल्याइएकोमा सवा ७ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै रहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्