काठमाडौँ, ३२ असार । २०८३ साल असार ३२ गते बिहीबारको राशिफल ।
मेष : दिन सामान्य छ । आम्दानीका क्षेत्रमा घाटा हुनसक्ने जोखिम छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
वृष : दिन राम्रो छ । तपाईंको बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । धन प्राप्त हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । खानपानमा ख्याल नगरे रोगले दु:ख दिने जोखिम छ । लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ ।
मिथुन : दिन राम्रो छ । व्यापारमा लाभ प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ । राजनीतिमा भने हात नहालेको ठिक हुने देखिन्छ ।
कर्कट : दिन सामान्य छ । निर्णय लिनुअघि तीन पटक सोच्नु उचित हुन्छ । आफन्तसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका स्रोत भेटिनेछन् । व्यापारमा नाफा होला।
सिंह : दिन सामान्य छ । समय तपाईं अनुकुल नभएकाले काम गर्दा सचेत हुनुपर्ने छ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । मन शान्त बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ ।
कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ । यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । आज शिक्षाको क्षेत्रमा भने फाइदा हुने दिन छ ।
तुला : दिन शुभ रहेको छ । सोचेका काममा गरेको मिहिनेतको फल मिल्ने छ । हरेक काममा उत्साह थपिने छ । व्यापारमा फाइदा होला । आफन्तले हरेक क्षेत्रमा सहयोग गर्ने दिन छ । खानपानमा ख्याल नगर्दा स्वास्थयमा भने समस्या हुने जोखिम छ ।
वृश्चिक : दिन सहज छ । स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ । राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन् । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
धनु : आज यात्रा जाने भए सफल बन्नेछ । काम गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा नहुने योग छ । धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । सानो कुरामा ठुलो झन्झट बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कुम्भ : दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ । मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।
मीन : दिन राम्रो छ । शिक्षामा सुधार हुनेछ । मन शान्त रहनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ । खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ । संकटमा साथीको साथ मिल्नेछ ।










प्रतिक्रिया दिनुहोस्