समाचार

करेन्ट लागेर १ जनाको मृत्यु



काठमाडौँ, ४ साउन । ललितपुरमा निर्माणाधीन घरमा जडान गरिएको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित शीतलटोलमा कमल चौलागाईको निर्माणाधीन घरमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लाग्दा काठमाडौँको स्वयम्भू बस्दै आएका काभ्रेका ४० वर्षीय तिलक तामाङको सोमबार बिहान मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।