समाचार

लडेर एक युवकको मृत्यु



काठमाडौँ, ८ साउन ।  ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ डाँडागाउँमा फलैँचाबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो । घरमै रहेको सिमेन्टको फलैँचामा सुतिरहेको अवस्थामा हिजो साँझ साढे ६ बजे उनी लडेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।