काठमाडौँ, १० साउन । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका—२, पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार (साउन ९) माटो लिन गएका उनी ढिस्कोले पुरिएका थिए । उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्