काठमाडौँ, १३ साउन । दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज बिहान ८ बजेतिर गाडी दुर्घटना भई सडकबाट ३०० मिटर तल खसेको हो । ६ जना सवार रहेकामा२ जना सकुशल रहेको र अन्य ४ जना घाइते भएका छन् ।
घाइते मध्य अछाम कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र महिला सुमन शाहीको पहिचान खुलेको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।










प्रतिक्रिया दिनुहोस्