काठमाडौँ, २७ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सृजनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
उनले भनेका छन्, ‘नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको सङ्घर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको छ। आज प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ ।’










प्रतिक्रिया दिनुहोस्