काठमाडौँ, १० भदौ । रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम मंगलबार सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
प्रहरीले बालकको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्