काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको हो ।
अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानी कार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चामल बिक्री हुने गरेको छ ।
अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि रु १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ ।
खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा रु एक हजार ४००, अरुवा सोना मन्सुली रु एक हजार ४२५, मध्यम चामल रु एक हजार ४५० र स्टिम जिरा चामलको रु दुई हजार १७५ मूल्य तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्