काठमाडौँ, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ ।
विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।
शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागी शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको ल्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्