अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।