अर्थ

अब सबै प्रजातिका स्याउ टिप्न खुला



काठमाडौँ, २३ भदौ । मुस्ताङमा अब सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ ।

गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार सोमबारदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।

यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइनेगरी खुल्ला गरिएको छ ।

मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् ।

मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाइराख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो ।