काठमाडौँ, २४ भदौ । मादक पदार्थ सेवानगरी सवारी साधनमा ढुङ्गा हान्दै हिँडेका ३० वर्षीय गणेश सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फक्ताङलुङ गाउँपालिका–१ सावादिन घर भएका गणेशले सदरमुकामको वीरेन्द्र चोकबाट तोक्मेडाँडातर्फ जाँदै गरको को २ च २९७४ नम्बरको पिकअप बोलेरो गाडी र मे ६ प ७०७८ नम्बरको पल्सर मोटरसाइकललाई ढुङ्गाले हानेर क्षति पुर्याएका छन् ।
बोलेरोको फेन्टर फुटाइदिएको र ढुङ्गा हान्दा अनियन्त्रित भएको मोटरसाइकल लड्दा चालक फुङ्लिङ नगरपालिका–४ का जीवन लिम्बुको हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलको लुकिङ ग्लास र क्लज प्लेट समेतमा क्षति भएको छ ।
प्रहरीका अनुसार उनले फुङलिङ ४ का १६ वर्षीय किशोर बवनम लिम्बुलाई समेत ढुङ्गाले हानेको र उनको जिल्ला अस्पतालमा उपचार भएको छ । बवनमको दाहिने खुट्टामा चोट लागेको छ ।
गणेशलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी हवल्दार विनोद साह नेतृत्वको मोबाइल टोलीले नियन्त्रणमा लिएको र आवश्यक कानुनी प्रक्रिया सुरु भएको हो ।










प्रतिक्रिया दिनुहोस्