समाचार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु 



काठमाडौँ, २४ भदौ । सिन्धुलीमा मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नं. को ट्रकको ठक्करबाट सोही पालिका वडानम्बर ३ का माइते राईको घटनास्थलमै मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएको उक्त ट्रकले नजिकै रहेको मधेश प्रदेश ०२-०१० प ००३४ नं.को मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक सिन्धुली कमलमाई नगरपालिका-६ बस्ने २३ वर्षीय सुरेश कुमार साह र पछाडि बसेका २९ वर्षीय सुशान्त साह पनि सामान्य घाइते भएका छन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।