काठमाडौँ, २५ भदौ । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।
धादिङ प्रहरीका अनुसार गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको हो ।
पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ । आज बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ । पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौँ भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा- काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।
जसका कारण हेटौंडा- काठमाडौँका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।










प्रतिक्रिया दिनुहोस्