काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ ।
भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद चौधरीको मृत्यु भएको हो ।
घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा बुधबार दिउँसो डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्