समाचार

लागुऔषधसहित एक जना पक्राउ



काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा प्रहरीले छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको छ ।

प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको छ । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाइएको छ ।