समाचार

कटुवा पेस्तोलसहित दुई जना पक्राउ



काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६, नारायणपुरमा छापा मारेको थियो ।

प्रहरीका अनुसार नारायणपुर निवासी २३ वर्षीय अमन कुमार धवलको घरमा खानतलासी गर्दा लुकाई छिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद भएको हो ।

हतियार तथा छर्रा बरामद भएपछि प्रहरीले धवलसँगै सोही स्थानका २० वर्षीय सुनिल केवटलाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।