काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ ।
आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् ।
विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २० र २१ नम्बर फाँटमा आगलागी भएको हो । नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा आगलागी भएको स्रोतले जानकारी दियो ।
यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्