काठमाडौँ, १ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा भेटिएको एउटा भारतीय कारबाट चार थान पेस्तोल र ६ वटा गोली बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको मोबाइल टोलीले शङ्कास्पद रूपमा रोकिराखेको युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्दा बोराभित्र लुकाइराखेको अवस्थामा हातहतियार फेला पारेको हो ।
कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ती पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली बरामद भएको छ । बरामद गरिएका हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्