काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।
आरोपीलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए । उनीहरूले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो । स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए ।
प्रहरीले भने आरोपीलाई नियन्त्रणमा राखेर घटनाबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्