समाचार

त्रिशूली थ्री–ए को टनेलबाट ६ जनाको शव निकालियो



काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् । टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।