समाचार

कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु



काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको ढिकबाट खसेर आइतबार बेलुका मृत्यु भएको हो । यसैबिच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो मानवीय क्षति पुगेको छ ।