काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन् ।
चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए । उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए ।
श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो । खोजीका क्रममा उनी मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्