समाचार

लागुऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र रामेछापको मन्थली नगरपालिका–४ घर भएका २२ वर्षीय अजय रेश्मी मगर छन् ।  पक्राउ परेका उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ५६० क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए । 

लागुऔषध मुद्दामा उनीहरूमाथि प्रहरी वृत्त गौशालाले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।