राजनीति

डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा



काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

रिजाल १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए । उनी पूर्वमन्त्री तथा पटकपटक प्रतिनिधिसभा सदस्यसमेत भइसकेका नेता हुन् ।