झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन् । प्रहरीले उनको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाएर राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको हो ।
बरामद हतियारसहित लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्