काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता काठमाडौंमा आयोजना हुने जनाएको हो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली र च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्सको लागि छनोट हुनेछन् ।










प्रतिक्रिया दिनुहोस्