काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।
नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गते सडक प्रभावित भएको हो ।










प्रतिक्रिया दिनुहोस्