काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ ।
पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ११ जनालाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्