Banner News

आजको मौसम



काठमाडौँ, १४ कार्तिक । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।

अहिले लुम्बिनी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेको छ भने देशका बाँकी भूभागमा आंशिक बादल लाग्नेको छ। 

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै आज राति देशभर आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।