राजनीति

सर्वोच्च अदालतको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक



काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत ५ बुँदे निर्णय सार्वजनिक गरेको हो । 

जसमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।