काठमाडौँ, १६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहेकाे स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरे आन्द्रे पेजकाे प्रतिनिधिमण्डलसंग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पाैडेलले साे धारणा व्यक्त गर्नुभएको हाे ।
“नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ, नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगकाे म प्रशंसा गर्दछु” , भेटमा राष्ट्रपति पाैडेलकाे भनाइ उधृत गर्दै उहाका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
साथै, राष्ट्रपति पाैडेलले स्विटजरल्याण्डकाे सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफु निरन्तर प्रभावित रहेको बताउनुभयो । साे अवसरमा स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरेले हिमालहरू चलायमान हुदैछन, यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको सन्दर्भमा यसमा सहकार्य गरेर अगाडि बढन चाहेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्