काठमाडौँ, ९ मंसिर । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मंगलबार जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो ।
निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन निर्देशन दिएको छ । त्यसैगरी, ग्यास विक्रेताहरू तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्