राजनीति

बागमती प्रदेशसभाको बैठक आह्वान



काठमाडौँ, ९ मंसिर । बागमती प्रदेश सभाको चालु आठौँ अधिवेशनअन्तर्गतको १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बोलाइएको छ ।

प्रदेश सभा सचिवालयले सूचनापत्र जारी गर्दै मंसिर १५ गते दिउँसो १ बजे बैठक आह्वान गरिएको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलद्वारा मंसिर ९ गते जारी सूचनामा प्रदेश सभाका सम्पूर्ण सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई बैठकसम्बन्धी जानकारी गराइएको छ ।