समाचार

सात जना जुवाडे पक्राउ



कास्की, ९ मंसिर । पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद १ लाख २ हजार २ सय २० रूपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।