Banner News

विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन गरी आर्थिक समृद्धि : मुख्यमन्त्री राई



असार १७, इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता शेरधन राईले कुनै पनि विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन गरी देशमा आर्थिक समृद्धि हुने बताएका छन् ।

एभिन्यूज टेलिभिजनले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको धारणा राखे ।

देशले संविधान निर्माणसँगै तीन तहको सरकारले नयाँ नीति बजेट र कार्यक्रम धमाधम ल्याउने कार्य गरेको बताउँदै मुख्यमन्त्री राईले कतिपय सन्दर्भ र विषयमा जनअपेक्षित बजेट व्यवस्थामा ध्यान नपुग्नु प्रभावकारी कार्यक्रममार्फत जनताको घरदैलोमा परिवर्तनको अनुभूति पुग्न नसकेकोतर्फ पनि प्रदेश सरकारले गम्भीर भएर प्रादेशिक बजेट नीतिमा पुनरावलोकन गरिरहेको उल्लेख गरे ।