Banner News

सांसद वस्नेतद्वारा स्थलगत निरिक्षण : वाढी पिडित भन्छन् ‘जनप्रतिनिधि भएको आभास भयो’



असार ३०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेत सहितको टोलिले अविरल वर्षाका कारण भक्तपुरमा भएको मानविय, धनजनको क्षतीको स्थलगत निरिक्षण गर्ने क्रममा स्थानीय वाढी पहिरो पिडितहरु आफ्नो लागि पनि जनप्रतिनिधि रहेको आभास भएको धारणा व्यक्त गरेका छन् ।

सांसद वस्नेतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजनाका प्रवन्धक सुरद कुमार बम, भक्तपुर प्रहरी प्रवत्ता डिएसपी रमण पोखरेल, शसस्त्र प्रहरीका डिएसपी बृद्धिनारायाण महर्जन, नेपाली सेनाका कर्नेल अमृतमान गुरुङ, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, भक्तपुर खानेपानी आयोजनाका डिई शर्वेन्द्र झा, इन्जिनियर साधु सरण, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण सहितको टोलिले स्थलगत निरिक्षण गरेको हो ।

टोलिले भक्तपुरको राधेराधे, निकोसेरा, सुनपा ५ तजटोल, मध्यपुर अस्पताल एरिया, वालकोट जाने पुल, वालकोट नयाँवस्ती, ठिमी शंखराधरचोक, मनोहरा सुकुम्वासी वस्ती लगायतका ठाउँहरुमा निरिक्षण गरेको छ ।

निरिक्षणका क्रममा राधेराधेमा तत्कालको लागि जेनेरेटर, स्क्याभेटर, पम्पको प्रयोग गरि आजदेखि नै पानी फाल्ने काम शुरु गर्न निर्देशन दिएका छन् । जसको लागि राधेराधेमा ७ जनाको व्यवस्थापन समिति समेत गठन गरिएको छ । सोही समितिले त्यहाँको आवश्यकता अनुसार कार्य गर्ने र त्यसको सहयोग सांसद वस्नेत, जिल्ला प्रशासन कार्यलय लगायतका सम्वन्धीत निकायले गर्ने सांसद वस्नेतले बताए । तत्कालको समस्या समाधान भएपश्चात सो स्थानमा ढल व्यवस्थापन गर्ने समेत सांसद वस्नेतले जनाए ।

त्यस्तै वाढी तथा पहिरो प्रभावित ठाउँहरुमा नगरपाकिला, सडक, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले तत्काल गोदाममा फसेका निमार्ण सामग्री तथा अन्य सम्पूर्ण कुराहरु हटाउन निरन्तर रुपमा खटाउने भएको छ । त्यस्तै वाढीका कारण भक्तपुरमा भएको फोहोर संकलन गर्ने कार्य तत्काल शुरु गर्ने भएको छ ।

यस्तै मानविय स्वास्थ्यलाई ध्यानमा राखी इनार, विभिन्न कारणवाट गन्ध आउने ठाउँहरुमा प्रयोग गर्न औषधी वितरण गरिएको छ । त्यस्तै उक्त प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको वितरण निरन्तर रुपमा २/४ दिनसम्म निरन्तर गरिरहने भएको छ ।

त्यस्तै उक्त ठाउँमा भएको गाई, भैंसी, वाख्रा, हाँस, कुखुरा, सुंगुर, वंगुर, माछा लगायतका चौपायहरु तथा गोदाममा डुवेका सामानहरुको लगत तयार पार्न समेत निर्देशन दिईएको छ । उक्त क्षेत्रमा भएको क्षतीको लगतको आधारमा नेपाल सरकारलाई क्षतीपूर्तिको माग गर्ने समेत सांसद वस्नेतले बताएका छन् ।

त्यस्तै वाढीका कारण नदीले कटान गरेको भागमा तार जालि र रिटेनिङ वाल लगाउन सडक डिभिजन कार्यालय, मेलम्ची आयोजना तथा खानेपानी डिभिजन कार्यालयले गर्ने समेत सांसद वस्नेतले वताए ।